दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु

ताजा समाचार स्थानिय

दमक।झापाको दमकमा जग्गा सम्बन्धी बिबादलालई लिएर दुई पक्षबीच झडप हुदा एकजनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा दमक –९ का ३७ वर्षीय देशु भनिने यमु निरौला रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दमक– ३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परेर गंभीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक रामभक्त आचार्यले बताए । मंगलबार दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद हुदाँ दोहोरो झडप हुनपुगेको थियो । त्यसक्रममा उनी माथि ढुंगा प्रहार गरिएको थियो ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक आचार्यको भनाई छ । जग्गा सम्बन्धी विवादमा सामुहिक झडप भएको दमक– ३ का वडाध्यक्ष नवीन बरालले बताए । प्रहरीले घटनाका सम्बन्धमा केहि शंकास्पदलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *