१ भाद्र,दमक ।गत 9 अगस्त मा कोलकातामा बलात्कार पछि हत्या भएकी डॉक्टर, मौमिता देवनाथको मृत आत्माको शान्तिको कामना गर्दै दमकमा मैनवत्ती प्रज्वलन गरिएको छ ।
लायन्स क्लब अफ दमक गोल्ड र लियो क्लब अफ दमक गोल्डको आयोजनामा दमक चोक बजारमा क्लबका पदाधिकारी भेला भई मृतकप्रति दिप प्रज्वलन गरेका हुन् ।
कोलकाताको आरजी कर मेडिकल कलेजमा
स्नातकोत्तर दोस्रो बर्षमा अध्ययन गर्दै गरेकी डा.मौमिताको अस्पतालबाट फर्कने क्रममा उनको सामुहिक बलात्कार भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
उनको न्यायको माग गर्दै भारतको राज्यहरुमा बिरोध प्रदर्शन भईरहेका छन ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



