भोजपुर । अविरल वर्षका काराण भोजपुरको इर्खुवा खोलामा आएको बाढीले इर्खुवा हाइड्रो पावरका २ जना कामदारलाई बगाएर बेपत्ता बनाएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका-४ गोथे बजारस्थित रहेको इर्खुवा खोलामा राति साढे एक बजे आएको बाढीले सुतिरहेका २ जना कामदारलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
हाइड्रो निर्माणमा खटिएका कामदार बारबर्दिया गाउँपालिका-३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् । यस्तै २६ वर्षीय राम किसन थारुको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।
शरिरमा चोट लागेका उहाँको अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ । थारुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।