केपी शर्मा ओली

एमाले अध्यक्ष ओलीको तर्क — सिरोहियालाई समाचारको विषयमा पक्राउ गरिएको होइन

ताजा समाचार राजनीति हाम्रो झापा

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलाश सिरोहियालाई समाचारको विषयमा पक्राउ नगरिएको जवाफ दिएका छन् ।
झापा–५ अन्तर्गत एमाले दमक नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई बिहीबार उद्घाटनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका छन् ।
‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि ! त्यही भइराखेको छ । त्यसो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई । विवादको विषय हुन सक्छ । उनलाई जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर चर्चा भइरहेको छ,’ ओलीले अगाडि भने, ‘कुनै पत्रकारमाथि फौजदारी अभियोग छ ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यस्तो समाचार प्रकाशित गरियो ? किन यस्तो बोल्यो भन्ने विषय होइन, सिरोहिया पक्राउ प्रकरण । विषय त अर्कै छ । फौजदारी कुरा होला त्यो त। यसबारेमा सरकारले छानबिन गर्नुपर्ने देख्यो‘., त्यही भएर अनुसन्धानमा तानेको हुनुपर्छ ।’

उनले फौजदारी अभियोगमा एकजना व्यक्ति समात्दैमा प्रजातन्त्र तलमाथि नहुने पनि बताए ।
‘नेता, मन्त्री र प्रधानमन्त्री समात्दादा, अनेक हुँदा कराउन, दुनियाँ गर्नु नपर्ने ! डेमोक्रेसी कसरी खतरामा प¥यो त ? मिडिया हाउसका एकजना मान्छे पक्राउ परे । सही या गलत के भयो भयो, म त्यता जान्न । समय ठिक भयो, भएन ? त्यो अर्कै कुरा भयो । सरकारले छानबिन गर्दा हल्ला गरिरहनुपर्ने जरुरी छैन ।’

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *