नेपालीको औसत आयु ७१.३ वर्ष

ताजा समाचार समाज


झापा — नेपालमा वार्षिक रुपमा ०।९२ प्रतिशतका दरले जनसंख्या बृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ।

जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरु सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालय, जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछाने उक्त तथ्यांक प्रस्तुत गरेका हुन्। उनकाअनुसार नेपालमा २ करोड ९२ लाखको हाराहारीमा जनसंख्या छ।

जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशतभन्दा पनि तल रहेको उनले बताए। उनका अनुसार यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो। २०६८ साल र २०७८ सालको अवधिमा करिब २७ जनसंख्या लाखको वृद्धि भएको थियो। सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३।८ प्रतिशतले भएको पनि उनले बताए।

नेपलीको औषत आयु ७१।३ वर्ष

अहिले नेपालीको औसत आयु ७१।३ वर्ष पुगेको छ। पुरुषको ६८।२ वर्ष रहेको छ भने महिलाको ७३।८ वर्ष रहेको छ। पुरुष र महिलाको मृत्युबीचको फरक करिब ५ वर्ष छ।

सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२।५ वर्ष मानिसहरु बाँच्दछन्। सबैभन्दा कम ६९।५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ। दोस्रोमा कोशी प्रदेशमा ७०।४, सुदूरपश्चिममा ७१।३, मधेस प्रदेशमा ७१।८, गण्डकी प्रदेशमा ७२।१, बागमती प्रदेशमा ७२।४ वर्ष औषत आयु रहेको छ।

कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औषत आयु सबैभन्दा बढी छ। जसमा ७५।५ रहेको छ। सबैभन्दा कम महिलाहरुको औषत आयु लुम्बिनी प्रदेशमा ७२।५ वर्ष रहेको छ।

हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ। २०३८ सालमा भने पुरुषको औषत आयु नेपालमा बढी रहेको थियो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *