सरुवालाई व्यवस्थित पारिने सचिव निरौलाको प्रतिवद्धता

Share

झापा-नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द प्रसाद निरौलाले कर्मचारीको सरुवालाई व्यवस्थित गरिने बताएका छन् । सोमबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै सचिव निरौलाले नियमित प्रक्रियाका रूपमा रहेको सरुवालाई थप व्यवस्थित र सर्वस्वीकार्य बनाउने बताएका हुन् ।

कर्मचारीको सरुवा प्रणाली निकै चुनौतीपूर्ण रहेको भन्दै उनले एउटा मात्रै गरेर सकिने नभई सकिन नपाउँदै अर्को शुरु भई हाल्ने भएकोले कानुनसम्मत रूपमा आपसी समन्वयमा काम गर्ने बताएका छन् । मन्त्रीको निर्देशन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतको समन्वयमा सर्वस्वीकारोक्तीमा सरुवा गरिने सामान्य सचिव निरौलाको भनाई छ ।
संघीय निजामती सेवा ऐन नबन्दा प्रदेश र स्थानीय तहको कार्य सम्पादनमा अवरोध भएको बताउँदै तत्काल जारी गर्नु पर्ने अपरिहार्यता भएको सचिव निरौलाले बताएका छन् । प्रक्रियामा अघि बढी सकेकोले चाँडै आउने विश्वास व्यक्त गरेका सचिव निरौलाले मन्त्रालयको तर्फबाट सबै प्रक्रिया पुरा गरिसकेको र थप आवश्यक समन्वयका लागि तयार रहेको समेत बताएका छन् ।

ताजा समाचार