चलचित्र महाजात्रा क्यानबेरामा “BLOCKBUSTER”

Share

अष्ट्रेलिया, यसै त क्यानबेरा ठाँउ सानो, एउटा कुनै कार्यक्रममा गयो भने चिनेजानेको मान्छे कतै न कतैबाट ठोक्किनै हाल्ने। ब्यापार र बजारको हिसाबले हेर्ने हो भने नेपाली चलचित्रको बजार क्यानबेरामा निकै नै सानो । जसमा अधिकांश नेपालीहरु त आजकल नेपाली चलचित्र हेर्नु भन्दा बढि हिन्दी या विदेशी चलचित्र हेर्न रुचाउछन्। त्यही भएर पनि होला Event Organizer हरु क्यानबेरामा नेपाली चलचित्र प्रदर्शन गर्नु पर्यो भने नभएको पनि ४ ,५ चोटि त आफैलाई नै प्रश्न गर्ने गर्छन्।
तर यो ट्रेन्डलाई ठ्याक्कै क्यानबेरामा ताेड्न सफल भएको छ चलचित्र महाजात्राले। Party Time Nepal ले क्यानबेरामा ल्याएको चलचित्र महाजात्राको लगातार ५ ओटा शो हाउसफुल नै भएको छ। यसबाट पनि चलचित्र महाजात्रालाई क्यानबेरियनले जोड टोडले मन पराएको देखिन्छ ।महाजात्रालाई क्यानबेरामा मार्च १२/२४/२८ सहित अप्रिल ३ र ८ तारिख प्रदर्शन गरिएको थियो । जसमध्ये सबै शो नै हाउसफुल भएका थिए।

अप्रिल १२ को धमाधम टिकेट बिक्री भईरहेकोले यो चलचित्र हेर्न नछुटाउनु हुन सबैलाई आयोजक Party Time Nepal ले जानकारी गराएको छ।अझै दर्शकहरुको चाप उस्तै रहेकोले क्यानबेरामा महाजात्राले नँया रेकर्ड तोड्न सक्ने Party Time Nepal का CEO प्रशान्त प्रसाई बताउनु हुन्छ। क्यानबेरामा मात्रै हैन चलचित्र महाजात्रा सिड्नीमा पनि ब्लकबस्टर नै भयो। अहिलेसम्म चलचित्र महाजात्रा ले १० करोड भन्दा बढिको ग्रस कलेक्शन गरिसकेको छ। हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल लगायतका चर्चित स्टारकास्टको अभिनय रहेको चलचित्र महाजात्राको निर्देशन भने हरेक चलचित्र सुपरहिटदिने निर्देशक प्रदीप भट्टराईले गरेका हुन ।

ताजा समाचार