एमाले झापाको अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंंगेल सर्वसम्मत

Share

झापा-नेकपा एमाले झापाको अध्यक्षमा प्रेमबहादुर गिरी सर्वसम्मत चयन भएका छन्। उपाध्यक्ष पदमा शिव ढुंंगेल सर्वसम्मत भए। 

शनिबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो। अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंगेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो।

चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रवारबाट बन्दसत्र सुरु भएको हो । शनिवार दिउँसो भएको उम्मेदवारी दर्तामा दुई पदबाहेक सबै पदहरुमा आवश्यक संख्याभन्दा बढि उम्मेदवारी परेको छ ।
सचिवमा तुलसी कार्की, बोधप्रसाद घिमिरे, पुरुष तर्फ १ उपसचिव पदमा असारु राजवंशी, टिकाराम मंग्राती, चन्द्र सुब्बाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, १ महिला उपसचिव तर्फ अनिता कन्दङ्वाले उम्मेदवारी दर्ता गराएका छन् । समाचार तयार गर्दासम्म उम्मेदवारी दर्ता गर्नेहरुको नामावली प्रकाशन भएको थिएन । कचनकवल, गौरीगञ्ज,गौरादह, झपा र कनकाईमा सदस्यहरु सर्वसम्मत भइसकेको बुझिएको छ ।

नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेकोले आइतवार गर्ने भनिएको मतदान सोमवारलाई सारिएको छ । अधिकतम प्रयास गरेर अन्य पदहरुमा पनि सहमति जुटाउने कसरतमा नेताहरु लागेका छन् ।

अधिवेशनमा पालिकाबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनित प्रतिनिधिहरू ३८ जना गरी ७८६ जना सहभागी भएका छन्।

जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको कमिटी बन्ने छ। अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

ताजा समाचार