कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित

विराटनगर ।कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतीले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे । आइतबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । दुई दिनको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले […]

Continue Reading

एमाले सुनसरी जिल्ला अध्यक्ष खनालको निधन

इटहरी। नेकपा एमाले सुनसरी जिल्ला अध्यक्षमा हालै निवार्चित तथा बराहक्षेत्र नगरपालिकाका निवर्तमान मेयर निलम खनालको निधन भएको छ । उपचारको लागि भारत जाने क्रममा नै खनालको निधन भएको एमाले नेताहरुले बताएका छन् । खनाल प्यांक्रियाजको जटिल समस्याको उपचार गराइरहेका थिए । उनी उपचारको लागि भारतको हैदरावाद जाने क्रममा तेलंगना राज्यको कागजनगर पुग्दा अध्यक्ष खनालको निधन […]

Continue Reading

विश्व वातावरण दिवस-दमक नगरले रतुवा तटबन्धनमा वृक्षरोपण गरि मनायो

दमक । विश्व वातावरण दिवसको अवसर पारेर बुधबार दमकसहित देशैभरि विभिन्न कार्यक्रम गरि मनाईएको छ ।‘हाम्रो भूमि, हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ दमकसहित देशैभरि विविध कार्यक्रम गरि मनाईएको हो ।यसैक्रममा दमक नगरपालिकाको आयोजनामा दमक -७ स्थित रतुवा खोलामा बनाइएको तटबन्धनमा वृक्षरोपण गरिएको छ । त्यहाँ आयोजित वृक्षारोपणमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकसहित विभिन्न सामाजिक संघ […]

Continue Reading

कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा

बिराटनगर । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने भएको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको छ र अब २७ जेठबाट पूर्ण इजलासमा सुनुवाइ हुनेछ । संविधानको धारा […]

Continue Reading

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राजीनामा

नया दिल्ली ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।मोदी मन्त्रिपरिषद्को बुधबार बिहान स्थानीय समयअनुसार ११स्३० मा बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका […]

Continue Reading

भारतमा एनडीएलाई बहुमत, तेस्रो पटक मोदी सरकार

काठमाडौं ।भारतमा लोकसभाको सम्पूर्ण परिणाम आएको छ। ​ पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २ सय ४० सिटमा जित हासिल गरेको छ। भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई बहुमत प्राप्त भएको छ। यो गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ। भाजपाका एक उम्मेदवार भने यस […]

Continue Reading

टी–२० विश्वकपमा नेपालको खराब शुरूआत, नेदरल्याण्ड्ससँग पराजित

झापा । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले खराब शुरुआत गरेको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोरेको छ । १०७ रनको झिनो चुनौती नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।म्याक्स ओ’डोडले अविजित रहँदै ४८ बलमा ५४ रन बनाएको इनिङस्मा सोमपाल कामी, दिपेन्द्र सिंह […]

Continue Reading

अरूण–३ जलविद्युत् आयोजनाको सुरूङमार्ग ब्रेक थ्रु

झापा । संखुवासभामा निमार्णाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरूङ मार्गको “ब्रेक थ्रु” भएको छ । फ्याक्सिन्दा ड्यामसाइडदेखि दिदिङमा निर्माण हुने विद्युत् गृहसम्म पानी पु¥याउन ११ दशमलव ७८ किलोमिटर सुरुङ मार्ग निर्माण गरिएको हो ।  अरूण–३ जलविद्युत् परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा क्षेत्रको प्रवद्र्धनका लागि सरकारले नयाँ […]

Continue Reading

झापा बाढीको उच्च जोखिममा,आवश्यक पूर्वतयारी गर्न आग्रह

झापा । जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ। आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताएका छन्। जिल्लाका १५ […]

Continue Reading

विश्वकपमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौ ।अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले अमेरिकाको डालास मैदानमा नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । समूह डीमा रहेको नेपाल र नेदरल्याण्ड्स विश्वकपमा पहिलो पटक आमने सामने भइरहेका हुन् । अहिलेसम्म आपसमा भएका टी–२० मा नेदरल्याण्ड्सले ६ तथा नेपालले ५ खेल जितेको छ । खेल […]

Continue Reading