एमाले झापाको सदस्यमा १० जना मनोनित

झापा /नेकपा (एमाले) झापाले १० जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले सदस्यहरु मनोनित गरेको सचिव तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार हरि ढुंगाना, बोधप्रसाद घिमिरे, बोधराज न्यौपाने, देविन्द्र चमलागाई, दिपेन्द्र लम्साल, प्रविन पोखरेल, शान्ता गौतम,तुलसा काफ्ले, गौरी राजवंशी र चन्द्रमाया तामाङलाई जिल्ला सदस्यमा मनोनित गरिएको […]

Continue Reading

देशलाई गरिबीवाट मुक्त नपारेसम्म समृद्दी हासिल हुन सक्दैन्: प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताएका छन् ।प्रधानमन्त्री ओलीले आफूले […]

Continue Reading

झापामा डेंगी संक्रमणबाट शिक्षीकाको मृत्यु

झापा । हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एक जना शिक्षीकाको मृत्यु भएको छ । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ बर्षिय शिक्षीका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा आज दिउसो मृत्यु भएको परिवारजनले बताएका छन् ।बिगत १३ बर्ष देखी चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा शिक्षण पेशामा रहेकी स्वर्गीय […]

Continue Reading

कमलमा अपांगता सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न

कमल । झापाको कमल गाउपालिकामा अपांगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न गरेको छ ।कमल गाउपालिकाको आयोजना तथा सामाजिक बिकाश मन्त्रालय कोशी प्रदेश प्रदेश करुणा फाउडेशन नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशको सहकार्यमा अभिमुखीकरण सम्पन्न भएको हो ।जन्मजात तथा जन्मपश्चात हुने अपांगता न्यूनिकरण एबं अपांगता भएका ब्यतिmसहितको समाबेशी समाजको निर्माण […]

Continue Reading

नाग पूजा गरि नागपञ्चमी मनाइँदै

झापा/ हिन्दु धर्मावलम्बीले आज नागको पूजा गरेर नागपञ्चमी मनाउँदै छन्। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजार्चना गरी मनाइने गरिन्छ। नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने धार्मिक विश्वास रहँदै आएको छ। यस्तै नागको पूजा गर्दा अग्नी, मेघ र चट्याङको […]

Continue Reading

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

बिराटनगर ।कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सरकारले शुक्रबारका लागि सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् ।कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बिदा दिने निर्णय गरेको हो । भोलि देशभर ३० औँ विश्व आदिवासी दिवस मनाइँदैछ ।

Continue Reading

नेपाललाई हराउदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि

झापा/काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि भारतले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो […]

Continue Reading

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १६७ जनाको मृत्यु

झापा/ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ […]

Continue Reading

हेलिकप्टर दुर्घटनाको छानविन गर्न समिति गठन

झापा/सरकारले हेलिकप्टर दुर्घटना छानविनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको […]

Continue Reading

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

झापा ।खोटाङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी सुन्तलाबोटे बस्ने ३२ वर्षीय शुसील खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।खत्रीले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी ललाई फकाई गत वैशाख २५ गते रातिदेखि गत जेठ ३२ गते रातिसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले […]

Continue Reading