टिप्परको ठक्करबाट दुई जनाको मृत्यु

झापा ।मोरङको पथरीशनिश्चरेस्थित सुनझोडा पुलमा टिपरको ठक्करबाट दिउँसो दुई जनाको मृत्यु भएको छ।पूर्वबाट पश्चिमतर्फ आउँदै बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरल पूर्वतर्फ जाँदै गरेको २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उतm दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए।दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ […]

Continue Reading

प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा दाहाल

दमक /नेपाल प्रगतिशील प्राध्यापक संगठन दमक बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्षमा समीर दाहाल चयन भएका छन। शुक्रबार दमक क्याम्पसमा भएको प्राध्यापकहरुको भेलाले दाहालको अध्यक्षतामा इकाई समिति गठन गरेको हो। नेकपा एमाले दमक नगर अध्यक्ष राम पौडेलको प्रमुख आतिथ्यता तथा संगठनका निवर्तमान अध्यक्ष राजेन्द्र ढकालको सभापतित्वमा भएको भेलाले इकाईको उपाध्यक्षमा अरुण कुमार श्रेष्ठ,सचिबमा तिलचन्द्र अधिकारी कोषाध्यक्षमा […]

Continue Reading

नेपालको विद्युत आजदेखि बंगलादेश निर्यात सुरु

झापा ।नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । शुक्रबार नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल, विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले भारतका भर्चुअल माध्यमबाट बंगलादेश विद्युत निर्यातको औपचारिक शुरुवात गरेका छन् ।नेपालबाट पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात सुरु गरिएको […]

Continue Reading

उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना

झापा ।आसन्न स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता […]

Continue Reading

नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट

झापा ।यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले […]

Continue Reading

पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था

ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा भक्तजनहरूले अब डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने भएको छ । लक्ष्मी सनराईज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा आउने भक्तजनले डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने व्यवस्था गर्न लागेको हो । पाथीभरा क्षेत्र विकास समितिले लक्ष्मी सनराईज बैंकमा भेटी खाता सञ्चालन गरेको र उक्त खाताको ‘क्यूआर कोड’मार्फत भक्तजन […]

Continue Reading

पूर्वी नाकाबाट रु पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात

झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ ९कु–काठ० बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ ।विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट रु पाँच अर्ब ९२ करोड पाँच […]

Continue Reading

ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका दीपक मनाङे कारागार चलान

झापा ।ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ कारागार चलान भएका छन् ।काठमाडौंमा पक्राउ परेका मनाङेलाई जिल्ला अदालतमा उपस्थित गराएर डिल्लीबजार कारागार लगिएको हो ।ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालत पाटनद्वारा दोषी ठहर भएका मनाङेलाई ५ वर्ष कैद गर्ने फैसलालाई सर्वोच्च अदालतले कार्तिक २० गते सदर गरेसँगै मनाङे […]

Continue Reading

आज हरिबोधिनी एकादशी

झापा ।आज हरिबोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ । आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइन्छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज […]

Continue Reading

अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम सम्झौता हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारले मुलुकको आर्थिक समृद्धि र अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीका बारेमा सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले एसपीपी सम्झौता नहुने बताउनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार मकवानपुरको हेटौंडामा […]

Continue Reading