आज आमाको मुख हेर्ने दिन,आमाप्रति श्रद्धा प्रकट गरेर मनाइँदै

झापा /प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा […]

Continue Reading

स्वयम् सेवक शिक्षक राखेर विद्यालय खुलाउन माओबादी केन्द्रको ध्यानाकर्षण

दमक \ स्वयम् सेवक शिक्षक राखेर विद्यालय खुलाउन माओबादी केन्द्र दमक नगर समितिले दमक नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षकहरुको आन्दोलनलाई समर्थन गर्दै नेकपा माओबादी केन्द्र दमक नगर समितिले विद्यालय खुलाउन दमक नगरपालिकाको ध्यानाकर्षण गराएको हो । शुक्रबार नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँलाई ज्ञापन पत्र बुझाउँदै माओबादी केन्द्र दमक नगर अध्यक्ष रवि बस्नेतले विद्यार्थीको […]

Continue Reading

आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

झापा /आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए […]

Continue Reading

आज भूकम्प स्मृति दिवस

झापा /आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी […]

Continue Reading

शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

झापा /सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ ।सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय संसद् सचिवालय, कानुन मन्त्रालय, शिक्षा विभाग र राष्ट्रिय परीक्षा […]

Continue Reading

युवाहरूलाई ओलीको आह्वान- राजावादीले देखाएको राक्षसी प्रवृत्तिको अस्वीकार गर्नुस्

झापा/ प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई लोकतन्त्र र संविधानको रक्षामा लाग्न आग्रह गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा विहीबार भृकुटीमण्डपमा एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रमा मात्रै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा हुने बताए । उनले भने, ‘अहिले सामान्ती युगलाई फेरि फर्काउने आवाज कताकता सुनिन थालेको छ। देशमा लोकतन्त्र नमान्ने, संविधान […]

Continue Reading

एमालेले आज ‘यूथ सेलिब्रेशन’ गर्दै,४० मुनिका १ लाख युबा सहभागि हुने

झापा /नेकपा एमालेले युवालाई ‘जनताले जितेको दिन’ को स्मरण गराउने उद्देश्यले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते बिहीबार ‘यूथ सेलिब्रेशन’ को आयोजना गर्दैछ। लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेबाट यूथ सेलिब्रेशन मनाउँदैछ। सो कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू काठमाडौंमा भेला हुने क्रम जारी छ। कार्यक्रममा १ लाख युवा […]

Continue Reading

आज १९औ लोकतन्त्र दिवस,निरङकुशता पराजय भएको स्मरण गरिदै

झापा /आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने […]

Continue Reading

`युथ सेलीब्रेसन´ का लागि झापाबाट १ हजार ३ सय बढी युवाहरू काठमाडौ जाँदै

झापा/ युथ सेलिब्रेसनका लागि झापाबाट १ हजार ३ सय बढी युवाहरू काठमाडौ जादैछन। लोकतन्त्र दिवसको अवसरमा नेकपा (एमाले ) ले वैशाख ११ गते बिहीबार गर्ने युवा उत्सवमा सहभागी हुन युवाहरु काठमाडौ लागेका हुन। भृकुटीमण्डपमा हुने युथ सेलिब्रेसनका लागि झापाका १५ वटै पालिकाबाट १ हजार ३ सय भन्दा बढी युवाहरूको टोलि काठमाडौ लागेको एमाले झापाका सचिव […]

Continue Reading

प्रेस चौतारी झापाद्वारा ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी,प्रत्येक ३/३ महिनामा अग्रजको अनुभव सुन्ने

झापा /प्रेस चौतारी नेपाल झापाले ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी गरेको छ । अग्रज पत्रकार, समवेदना कार्यक्रमका प्रस्तोता शिरो सान्दाई खतिवडालाई सुन्दै कार्यक्रमको थालनी गरिएको हो । नयाँ पुस्तालाई अग्रजहरुबाट पे्ररणा प्रदान गर्ने , अनुभव सुनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । प्रेस चौतारी झापाले ३÷३ महिनामा जिल्लाका अग्रजहरुको अनुभव सुन्ने कार्ययोजना बमोजिम आज पहिलो अग्रजको […]

Continue Reading