रतुवा खोलामा निर्माणाधीन पुल बनाउन रास्वपाको चासो

प्रदेश राजनीति स्थानिय हाम्रो झापा

झापा/मोरङको रतुवामाई र झापाको गौरीगञ्ज जोड्ने रतुवा खोलामा निमार्णाधीन पुल सञ्चालनका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चासो देखाएको छ ।

रतुवामाईको आमबाडीबाट हुलाकीमार्ग हुँदै झापाको गौरीगञ्ज जोड्ने रतुवा खोलामा बनेको पुल निमार्ण भएको ९ वर्ष बितिसक्दासमेत सञ्चालनमा नआएपछि रास्वपाले थप पहल सुरु गर्ने भएको हो ।

पुलको बुधबार रास्वपाकी सांसद तथा पूर्वाधार विकास विभाग प्रमखु निशा डाँगीले अनुगमन गरेकी छन् । रास्वपाले सुरु गरेको दबाब यात्राका क्रममा कोशी प्रदेशमा रहेकी निशाले स्थानीय कार्यकर्तासहितको उपस्थितिमा निर्माणाधीन पुलको अनुगमन गरेकी हुन् ।

अनुगमन गर्दै सांसद डाँगीले तत्काल पुल निर्माण सम्पन्न गर्नका लागि सरोकारवालालाई दबाब दिने बताइन् । पुल नबन्दा झापा र मोरङका नागरिकहरुले दुख पाइरहेको बताउँदै उनले भनिन्, ‘हरेक वर्ष यो पुल बन्छ बन्छ भनिन्छ तर, बनिसकेको अवस्था छैन् । त्यसैले स्थलगत अनुगमन गरौँ न त भनेर बुझ्न आएको हो । म ४५ वर्षअघि आउँदा कस्तो अवस्था थियो अहिले पनि त्यस्तै छ ।’

उनले सम्बन्धित निकायसँग यसको विषयमा जानकारी लिएर बैठक चलाउने जानकारी दिइन् । उनले भनिन्, ‘अब कि त वार कि त पार । हुँदैन भने हुँदैन । हुँदैन भने के कारण हुँदैन त्यो हामी उत्तर खोज्छौँ ।’

२०६५ सालमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छेदारले शिलान्यास गरेको पुल करिब १५ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन् ।

पुल छोटो र खोला फराकिलो भएकाले समस्या उत्पन्न भएको हो । पुल निमार्ण सम्पन्न भइसकेको दुई वर्ष हुँदासम्म पनि बलियो सडक नबन्दा स्थानीयले हिँउदको समयमा बाँसको पुलबाट आवतजावत गर्दा पैसा तिर्नुपर्ने बाध्यता छ । हिँउदमा बाँसको पुल तर्न बाध्य रहेका स्थानीयहरु बर्खाको समयमा भने जोखिम मोलेर डुंगाबाट आवतजावत गर्छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *