शिवसताक्षीमा महिला उद्यमसिलता तालिम सम्पन्न

आर्थिक समाज स्थानिय हाम्रो झापा

झापा /झापाको शिवसताक्षी वडा नं ९ मा सञ्चालित महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम आज समापन भएको छ । तालिम गएको ८ गतेबाट सञ्चालित महिलाहरुका लागि साबुन, हर्पिक र फिनेल बनाउने तालिम समापन भएको हो ।

तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले तालिम लिइएका सहभागीहरुलाई आफै पनि सामाग्री जुटाएर यहाँ सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाब दिए । उनले महिलाहरुले समूह बनाई हर्पिक, फिनेल लगायतका सामाग्रीहरु उत्पादन गरी विक्री वितरण गर्न समेत आग्रह ग रेका छन् ।

तालिम आयोजक संस्था सम्पन सवल नेपालकी अध्यक्ष लिलादेवी शिवलालले आफुले विभिन्न क्षेत्रहरुमा तालिम गराएर धेरै महिलाहरुलाई आय आर्जन गर्न सक्षम बनाएको जानकारी दिइन् ।

त्यस्तै तालिम समापनका क्रममा बोल्दै वडाध्यक्ष डिल्लीलाल फेम्बुले महिलाहरुले तालिममा सिकेको कुरालाई व्यवसायिक बनाउन वडाबाट १ लाख सम्म बजेटको व्यवस्था गरिदिने घोषणा गरे । तपाईहरु सिकेको सिपबाट उद्यमी बन्छु भनेर आउहोस् म कामको थालनी गरिदिन्छु । उनले भने, यहाँ तालिम लिएका महिलाहरुबाट छनोट गरी वडाले कामको फिनेल, हर्पिक, साबुन बनाउनका लागि सुरुवात गरिदिन्छ ।

तालिममा वडा नं। ९ का ३५ जना महिलाहरुले सहभागिता जनाएका थिए । तालिमको सहजीकरण रोहिणी प्रसाद बरालले गरेका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाकी देविना पराजुली लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *