प्रेस काउन्सिलले पत्रकारलाई ल्यापटप किन्न अनुदान दिने

ताजा समाचार सुचना प्रविधि

झापा/प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । काउन्सिलले आइतबार जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ । अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ । 

यसैगरी क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिन लागेको काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखनमा सघाउनेछ । 

यस्तै एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने काउन्सिलले जानाएको छ । काउन्सिलका अनुसार एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधानका लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने भन्दै काउन्सिलले ३५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।

काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो । 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *