झापा /राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने भएको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने निर्णय गरेको हो।
बोर्डले निजामती कर्मचारी खटाएर भएपनि आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्ड बैठकमा अधिकांश पदाधिकारीले परीक्षा जसरी पनि गराउने र यसको लागि प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाउनु पर्ने बताएका थिए।
यस्तै बैठकमा निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको पनि सक्नेमा अधिकांशले जोड दिएका थिए । बैठकमा परीक्षा सञ्चालन जिल्ला समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारीलाई नै परीक्षाको सबै जिम्मा दिने विषयमा छलफल भएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



