प्रधानमन्त्री ओली आज झापा आउँदै

ताजा समाचार मुख्य समाचार हाम्रो झापा

झापा, । दुई दिने कार्यक्रमका लागि नेकपा (एमाले )का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउँदै छन् । आज र भोलि उनी झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।

कार्यक्रम तालिका अनुसार आज बिहान साढे ११ बजे झापाको बुद्धशान्ति गाउँपालिकास्थित भागिरथा न्यौपाने अस्पताल उद्घाटन गर्नेछन् । आजै दिउँसो १ बजे इलामको माई नगरपालिकामा नगर अस्पताल उद्घाटन,सुकुम्बासीलाई धनीपुर्जा वितरण र खानेपानी आयोजनाको शिलान्यास कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले आजै कनकाई नगरपालिकाको उद्योग वाणिज्य संघको हलमा आयोजना हुने कार्यक्रममा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ । आज प्रधानमन्त्री ओली झापामै बस्ने छन् ।

भोलि प्रधानमन्त्री ओलीले दमकस्थित पूर्वपश्चिम राजमार्गको कृष्णमन्दिर खण्डबाट उत्तर मदनडाँगी ताराबारी डिपो सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भोलि बिहान साढे ११ बजे हुलाकी सडकको रतुवा खोलामा रहेको पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भोलि नै दिउँसो २ बजे प्रधानमन्त्री ओलीले बिर्तामोडको सिटी सेन्टरमा आयोजना हुने नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *