गौरादह/भोलि हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा गौरादह बहुमुखी क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गरेको संयुक्त प्यानल बलियो अवस्थामा देखिएको छ। विद्यार्थीहरूबीच व्यापक समर्थन हासिल गरिसकेको संयुक्त टोलीले आफ्नो प्यानलको विजय सुनिश्चित भएको दाबी गरेको छ।
अध्यक्ष पदमा तुलसी राम पौडेल, सचिव पदमा अन्जन राई, कोषाध्यक्ष पदमा प्रमेश कार्की, तथा सदस्य पदमा दिपिका कार्की, हेम कुमार ताजपुरिया लगायतका उम्मेदवारहरू संयुक्त प्यानलको तर्फबाट प्रतिस्पर्धामा छन्।
अनेरास्ववियुले ‘शैक्षिक विकृति विरुद्ध विद्यार्थी एकता’ नाराका साथ अघि बढ्दै, विद्यार्थी हकहितका मुद्दा उठाउँदै आएको छ। संगठनले विद्यार्थीहरूका समस्या समाधानमा निरन्तर भूमिका खेल्दै आएको हुँदा यस पटक पनि आफ्नो टिमको स्पष्ट अग्रता रहेको दाबी गरेको छ।
स्ववियू निर्वाचनमा नेविसंघ पनि प्रतिस्पर्धामा छन्। तथापि, विद्यार्थीहरूको ठूलो समर्थन रहेको संयुक्त टोलीले निर्वाचन जित्ने लगभग निश्चित रहेको दाबी गर्दै अन्तिम चरणको प्रचार अभियानलाई तिव्रता दिएको छ।
चैत ५ गते हुने मतदानमा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



