दमक नेसनल स्कुलको वार्षिक समारोह सम्पन्न

ताजा समाचार शिक्षा स्थानिय

दमक  । झापाको दमक-५ मा रहेको दमक नेसनल स्कुलले शुक्रबार विद्यालयको वार्षिक समारोह कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

विद्यालयको प्रधानाध्यापक यामुना कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दमक नगरपालिकाका शिक्षा समिति संयोजक एवं वडा नं. ९ का वडा अध्यक्ष कुबेर भट्टराई प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए, जसमा नृत्य, संगीत र अन्य कलात्मक कार्यक्रमहरू समावेश थिए। विद्यालयले प्रत्येक वर्ष आयोजना गर्ने वार्षिक समारोह विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने प्रमुख अवसर भएको विद्यालयको प्रधानाध्यापक यामुना कार्कीले बताउनुभयो । 

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *