नेविसंघ दमक क्याम्पस ईकाई गठन,सभापतिमा सुनिल राई निर्वाचित

ताजा समाचार राजनीति

दमक/ नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पसको इकाई समिती गठन भएको छ ।
सोमबार सम्पन्न १३ औ इकाई अधिवेशनले सुनिल राईको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपसभापतिमा सविन गौतम र रनजीत राजबंशी, सचिवमा सन्जय राई र मदन भट्टराई सर्वसम्मत भएका छन् ।
यस्तै गरि सहसचिवमा सुमन बाँस्कोटा र सुजन जंग कुवर, कोषाध्यक्षमा तेरिज गुरागाइँ, सहकोषाध्यक्षमा सुभाग्य कन्दङवा चुनिएका छन् । यस्तै गरि समितिको सदस्यहरु कृति राई, रोशन गड्तौला, निमेश लावती, रोजिना गुरुङ, सुदिप सम्बाहम्फे लगायत रहेका छन् ।
कार्यक्रममा कांग्रेस क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी, नगर उपसभापति सागर खनाल, नेविसंघ जिल्ला सचिव जितेन सम्पाङ, नेताहरु पर्शु रिजाल, दिपेश दाहाल, भुमि राई, चन्द्रा भट्टराई सहितको उपस्थिति रहेको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *