झापा ।नबरात्रको चौथो दिन सकिएर आज पाचौ दिनमा स्कन्दमाताको बिधिर्पूक पूजाआराधना गरि मनाईदैछ ।
आसुरी शत्तिमाथी दैबी शत्तिको बिजयको स्मरणमा मनाईने नबरात्र शनिबारदेखि शुरु भएको छ ।एक महिना लामो मलमास शनिबार सम्पन्न भएसंगै नबरात्र शुरु भएको हो ।
नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गर्ने गरिन्छ ।

Share