सिम्रीक सहकारीको तेस्रो ईकाइगत साधारणसभा दमकमा सम्पन्न

आर्थिक ताजा समाचार

दमक /झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ बार्षिक साधारणसभा अन्तर्गत तेश्रो ईकाइगत साधारणसभा मंगलबार दमकमा सम्पन्न भएको छ।

दमक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कुबेर प्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंको विशिष्ट आतिथ्यतामा तेश्रो ईकाइगत साधारणसभा सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि दमक ९का वडाअध्यक्ष कुवेर भटराईले सिम्रिक सहकारीको दमकको इकाइगत वार्षिक साधारण सभाको उद्घाटन पछि बोल्दै सहकारीको निति नियम र शेयर सदस्यहरुको भावना अनुसार चलेको सहकारीले सफलता पाउने बताउदै । सहकारी क्षेत्रमा समस्या आयो भनेर निरास नभइ सञ्चालक र कर्मचारीलाई खबरदारी गर्न अध्यक्ष भटराईको सुझाए ।

विशिस्ट अतिथिको रुपमा रहेका दमक उधोग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले सस्थालाइ आवस्यक सह्हयिग गर्न दमक उध्योग वाणिज्य संघ तयार रहेको बताएका थीए ।

दमक ईकाइ अन्तर्गतका ५ वटा सेवाकेन्द्रहरुबाट शेयरसदस्यहरुको उपस्थितिमा भएको साधारणसभामा संस्थाका अध्यक्ष सुवास भट्टराईले ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५ सय ८३ रुपैया ४ पैसा बराबरको बासलात तथा आ.व. २०८१।०८२ का लागि ११ अर्ब ७७ करोड ८६ लाख ४८ हजार १ सय ३६ रुपैया १० पैसा बराबरको अनुमानित बजेट सहितको संचालक समितिद्वारा तयार पारिएको प्रतिवेदनलाई सार्वजनिक गरेका थिए भने कार्यक्रमको औचित्य तथा नीतिगत कुराहरु संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले प्रष्ट पारेका थिए।
साथै ईकाइबाट उत्कृष्ट कारोबार गर्दै संस्थागत प्रतिफलमा विशेष योगदान पुर्याउने ३ जना शेयर सदस्यहरु चन्द्र सापकोटा, मनोज राई र देवी माया ओलीलाई जनही रु ५०००।– सहित सम्मान पत्रद्वारा सम्मान गरिनुका साथै सदस्य राहात अन्तरगत विभिन्न सदस्यहरुलाइ औसधि उपचार वापतको रकम पनि उपलब्धा गराइएको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *