नेकपा एस झापामा पहिरो,ठुलो संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश

ताजा समाचार राजनीति

झापा-झापामा नेकपा एकिकृत समाजवादी परित्याग गरि ठूलो संख्यामा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एकिकृत समाजवादीका राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्व अध्यक्ष महेश घिमिरे, अध्यक्ष रोशन भण्डारी सहितका नेताहरु आज एमालेका समाहित भएका हुन् । पत्रकार सम्मेलन गरेर उनीहरु एमालेमा प्रवेश गरेका थिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्नुभयो । उनीहरु सँगै अनेरास्ववियू दमक क्याम्पस कमिटी, अखिल फोर्स दमक सबै कमिटी नै एमालेमा समाहित भएको छ । कार्यक्रममा एसका राष्ट्रिय परिषद सदस्य दाहालले नेकपा एमालेको नेतृत्वमा मात्रै बामपन्थीको एकता सम्भव भएको बताउनुभयो । उहाँले एमालेको नेतृत्वमा मात्रै कम्युनिष्ट एकता सम्भव भएको धारणा राख्नुभयो ।
एमालेका केन्द्रीय सदस्य दिपक कार्कीले नवप्रवेशी सबै नेता कार्यकर्ताहरुलाई यथोचित जिम्मेवारी दिइने उल्लेख गरे । कार्यक्रममा नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुगेलले मुलुकको कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा समाहित हुन सबैलाई आव्हन समेत गर्नुभयो । एस दमक नगर कमिटीका पूर्व अध्यक्ष महेश घिमिरेले अब पार्टी सदस्यता नविकरणलाई अघि बढाउने र मिसन ८४ सफल बनाउनका लागि लाग्ने प्रतिबद्धता जनाएका थिए ।
दमक र कमलबाट ७० जना नेकपा एसका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *