झापा —नेकपा माओवादी केन्द्र इलामले आगामी बैशाख १५ गते हुने संघीय उपनिर्वाचनमा ४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । माओवादी केन्द्र प्रदेश समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिस गरेको हो ।
उपनिर्वाचनका लागि हालसम्म एमालेले उम्मेदवार घोषणा गरेको छ । त्यसैगरी पहिचानवादीहरुको साझा उम्मेदवारको रुपमा डकेन्द्र सिंह थेगिम, सीके राउतको राष्ट्रिय जनमत पार्टीबाट प्रेमदिप थाम्सुहाङ र स्वतन्त्र रुपमा मिलन लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् । स्वतन्त्रको रुपमा उम्मेदवारी दिएपनि लिम्बु राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने चर्चा छ ।
त्यसैगरी नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र राप्रपाले उम्मेदवार सिफारिस गरेका छन् ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



