झापा ।
मोरङको उत्तरी भेगमा पर्ने मिक्लाजुङ गाउँपालिका–१ को कोलबोटेमा गएको पहिरोले २ घरमा क्षति पु¥याएको छ ।
प्रहरीका अनुसार सन्तोष राई र मनीकुमार राईको घरमा क्षति पुगेको हो । पहिरोबाट मानविय क्षति भने भएको छैन ।
इलाम, पाँचथर र धनकुटासँग सीमाना जोडिएको सो पहाडी क्षेत्रमा गएको पहिरोले रमितेबाट कोलबोटे जाने सडक समेत अवरुद्ध भएको वडा सदस्य टंक राईले बताउनुभयो ।
राईका अनुसार पहिरोले विद्युत् पोल बगाउँदा सो स्थानमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । त्यस्तै नुनसरी खोलाको बाढी वस्तीमा पस्दा मिक्लाजुङ–६ को भण्डारी चोकका आधा दर्जन घर डुबानमा परेका छन् ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



