झापा ।
इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक बालिका र एक महिला रहेको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख प्रभु ढकालका अनुसार बालिकाको आमा भने अस्पतालमा उपचाररत छिन् । यस्तै ३ जना पुरुषको पनि उपचार भइरहेको उनले जानकारी दिए ।
इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको थियो ।
जिपमा ६ जना सवार थिए । प्रहरीले जिप खोलाले बगाएको अवस्थामा फेला परेपनि निकाल्न भने प्रयास गरिरहेको जनाएको छ । मृतक र घाइतेको पहिचान अझै हुन सकेको छैन ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



