दमक — झापाको दमकमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि सत्तारुढ दल र बिपक्षी दल विच प्रतिष्पर्धा हुने देखिएको छ । आज सम्पन्न उम्मेद्वारी दर्तामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस बिरुद्ध नेपाली कांग्रेस र राप्रपाले तालमेल गरेका छन् । दुबै टिममा नपरेपछी राष्ट्रिय स्वतन्त्र पार्टी समिर्थित उम्मेद्वारले एकल उम्मेद्वारी हालेका छन् । यद्यपी रास्वपाले कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिएको दाबी गरेको छ ।
कार्यसमिति तथा लेखा समितिका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएका हुन । खुल्ला सदस्य तर्फ ६जना निर्वाचित हुनेमा २१ जनाको उम्मेद्धवारी परेको निर्वाचन समिति संयोजक यज्ञराज निरौलाले जानकारी दिए ।
यसै गरी खुल्ला महिला तर्फ ३ जना निर्वाचित हुनेमा ९ जनाको उम्मेद्धवारी परेको छ । लेखा समिति सदस्य तर्फ ५ जनाको उम्मेद्धवारी परेको छ । लेखा समिति सदस्य महिला तर्फ ३ जना र लेखा समिति संयोजक पद तर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा एक लेखा संयोजक र दुई सदस्य चुनिुन पर्ने प्रावधान रहेको छ । कुल ४१ जनाको उम्मेदवारी परेको खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको निर्वाचन समितिले जनाएको छ ।
खुल्ला सदस्य पद तर्फ घनेन्द्र राज योङया, गजेन्द्र देवान,बालण्ठ लामिछाने,पार्वता ढकाल,धन बहादुर भटराई,चिन्तामणी खरेल,मन प्रसाद चेम्जोङ९एमपी०,प्रविण कुमार राई, महेश पोखरेल, प्रेम बहादुर खत्री भटराई ,चन्द्र बहादुर थापा, बुद्धिशेखरभटराई, द्रोण कुमार वराल र कुमार निरौला उम्मेद्धवारी परेको छ । यसै गरी खुल्ला सदस्य पदहरुमै कृष्णराज थापा, ओमनाथ बानियाँ ,रवि न्यौपाने खत्री, मेघनाथ फुयल, शान्तिराम भटराई,विक्रम अधिकारी र लक्ष्मी प्रसाद रेग्मीको उम्मेद्धवारी परेको छ ।
महिला सदस्य पद तर्फ भूमिका कोइराला,मिना कुमारी कोइराला,दुर्गादेवी खनाल काफले,छत्रदेवी पौडेल अस्मिता ,रिता कुमारी बस्नेतश्रेष्ठ ,दिल कुमारी सुब्बा दिलु, विष्णु माया थापा, शान्ता तामाङ र निर्मला कटुवालको उम्मेद्धवारी परेको छ । खानेपानी उपभोक्ता संस्थाको लेखा समिति संयोजकमा ३ जनाको उम्मेद्धवारी परेको छ । लेखा संयोजक पदमा राधिका ओझा, हेमराज सुवेदी र लक्ष्मी प्रसाद फुयलको उम्मेद्धारी परेको छ ।
लेखा समिति महिला सदस्य पद तर्फ पोमला कार्की कमला ,भगवती पाँचकोटी र गायत्रा रेग्मी लामिछानेको उम्मेद्धारी दर्ता भएको छ । लेखा समिति २ सदस्यको हरि कुमार राई,हरि प्रसाद नेपाल,भिविन्द्र प्रसाद न्यौपाने,प्रदिप कडरिया र कुष्ण कुमार भण्डारीको उम्मेद्धवारी परेको छ । मतदान चैत २३ गते शुक्रवार दमक ८ स्थित अर्गानिक सब्जी बजारमा गरिने छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



