टि-२० शृङ्खलाः नेपाल आज उपाधिका लागि नेदरल्याण्डससँग भिड्दै

खेलकुद ताजा समाचार

झापा —त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्दैछ । यो खेल बिहान ११:३० बजे शुरु हुने छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृड्खलाको उापधिका लागि नेपालले नेदरल्याण्डससंग खेल्न लागेको हो । नामिबिया समेत सहभागी त्रिदेशीय त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो ।

नेदरल्याण्डस अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । शृङ्खलाको शुरुका दुई खेल हारेको नेपालले अन्तिम दुई खेल जितेको थियो ।

दुई खेल जितेको नेदरल्याण्डस अन्तिम खेलमा नामिबियासंगको खेल बर्षाले रद्द भएर एक-एक अङ्क बाँडेपछि शीर्षस्थानमा उक्लियो र नामि‍बिया पुछारमा रहँदै बाहिरियो । आज हुने फाइनल प्रतिस्पर्धाबाट टि-२० शृङ्खलाको विजेता छानिनेछ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *