यू–१९ विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै,नेपालसहित १६ देशले भाग लिदै

खेलकुद

झापा/आइसीसी यू- १९ विश्वकप आजदेखि सुरु हुँदै छ। विश्वकपको पहिलो खेलमा आज  आयरल्यान्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिज खेल्दै छन्।  दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुने छन्।

दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिदै छन्।  यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ। यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन्।

नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *