त्रिदेशीय टी–२० सिरिज : आज नेपाल र नामिबिया खेल्दै (तालिका सहित)

खेलकुद


झापा — नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिज अन्तर्गतको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ ९क्यान० ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल ९कप्तान०, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले यसलाई आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीको सुरुवातका रुपमा लिएको छ । ।

आईसीसीको टी–२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आईसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औँ तथा नेपाल १६औँ स्थानमा छ ।

खेल तालिका
फागुन १५ गते– नेपाल र नामिबिया
फागुन १६ गते– नेपाल र नेदरल्याण्डस
फागुन १७ गते– नामिबिया र नेदरल्याण्डस
फागुन १८ गते– नेपाल र नामिबिया
फागुन १९ गते– नेपाल र नेदरल्याण्डस
फागुन २० गते– नामिबिया र नेदरल्याण्डस
फागुन २२ गते– फाइनल खेल ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *