दमकमा श्रीमान् श्रीमतीबीच झगडा, दुवै गम्भीर घाइते

ताजा समाचार मुख्य समाचार

झापा /झापाको दमक नगरपालिका १ सिरपाली चोकमा श्रीमान् श्रीमतीबीच भएको विवाद हिंसात्मक बन्दा दुवै जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजे ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी दर्जीबीच घरायसी विवाद चर्किएर झैँझगडामा परिणत भएको थियो। सो क्रममा धनबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि धनबहादुरले घरकै अर्को कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए। उनलाई २५ वर्षीया छोरी प्रियंका दर्जीले झुण्डिएको अवस्थामा देखेपछि तत्काल पासो काटी उद्धार गरेकी थिइन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पताल पठाएको जनाएको छ।
हाल दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *