रास्वपाको पहिलो महाधिवेशन चितवनमा : असार ७, ८ र ९ गते हुने

ताजा समाचार मुख्य समाचार राजनीति

झापा/ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा हुने भएको छ।

आज बिहान बसेको केन्द्रीय समितिको बैठकमा असार ७, ८ र ९ गते चितवन गर्ने तय भएको रास्वपाका नेता प्रमोद न्यौपानेले जानकारी दिए। बैठकमा महाधिवेशनको लागि विभिन्न समिति समेत गठन भएको छ। यसैगरी अहिलेको केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको असार ७ गते घोषणा भएको थियो। निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो। स्थापनाकालदेखि रवि लामिछाने रास्वपाको सभापतिमा रहेका छन्। हाल बालेन्द्र शाह वरिष्ठ नेता, डा.स्वर्णिम वाग्ले उपसभापति, कविन्द्र बुर्लाकोटी महामन्त्री, भूप देव शाह महामन्त्री, विपिन कुमार आचार्य सह–महामन्त्री, लिमा अधिकारी कोषाध्यक्ष, वसुमाया तामाङ्ग सह–कोषाध्यक्ष रहेका छन्। डीपी अर्याल सभामुख बनेपछि उपसभापति पदबाट हटेका हुन्।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *