वर्तमानका चुनौती चिर्न पार्टीलाई एकताबद्ध राख्ने सङ्कल्प गरौं: अध्यक्ष ओली

ताजा समाचार मुख्य समाचार राजनीति

झापा/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान चुनौतीहरूलाई पार लगाउन पार्टी एकता अपरिहार्य भएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओली ७७ औँ पार्टी स्थापना दिवसमा सहभागी हुने भनिए पनि उनी स्वास्थ्यका कारण उपस्थित भएनन्। यसअघि एमालेले पार्टी केन्द्रीय कार्यालयमा राखिएको कार्यक्रममा अध्यक्ष ओली स्वयं उपस्थित भएर सम्बोधन गर्ने जनाएको थियो । तर, अध्यक्ष ओली स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेको सचिव पदमा अर्यालले कार्यक्रममा जानकारी दिइन् ।

अध्यक्ष ओली नआएपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष थापाले अध्यक्ष ओलीले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाएका थिए ।

अध्यक्ष ओलीले पठाएको सन्देशमा दशकौँ लामो आन्दोलनको विरासत बोकेको एमालेले जबजलाई अङ्गीकार गर्दै देशलाई समृद्ध नेपाल बनाउने गन्तव्य तयार गरेको उल्लेख छ।

‘पार्टीको नेतृत्वमा भएको विभिन्न आन्दोलनले उपलब्धी पनि हासिल गरेको छ। तर पटक-पटक पीडा पनि व्यहोरेको छ। निरंकुशताको अन्त्य र गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्यो पार्टीले,’ अध्यक्ष ओलीले पठाएको सन्देश सुनाउँदै उपाध्यक्ष बादलले भने, ‘मुलुकलाई सुखी नेपाली समृद्ध नेपालको मार्गमा डोर्‍यायो। नेकपा एमाले अनेकौं प्रतिकूलता झेलेर यहाँ आएको हो । एकताबद्ध भएर गौरवशाली र ऐतिहासिक चुनौती पार गर्नुपर्नेछ।’

त्यस्तै, ओलीले आजको समयका चुनौती चिर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने र त्यसका लागि सबैले सङ्कल्प गर्नुपर्ने बताएका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *