दमक- झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३ औं साधारण सभा तथा नवौ अधिवेशनले आज उप्रेतीलाई अध्यक्ष निर्विरोध निर्वाचत गरेको हो । मञ्चको कार्यसमितिको उपाध्यक्षमा दिनेश दंगाल ,सचिवमा चिरञ्जीवी घिमिरे,सहसचिवमा केदारबाबु पौडेल र कोषध्यक्षमा मिना विश्वकर्मालाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिको प्रमुख राम योङहाङले जानकारी दिए ।

यसै गरी कार्यसमिति सदस्यहरुमा चन्द्रमान राई,पवन प्रसाद निरौला,निशेष राई, सजल राई र ज्ञानु केदेमलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनको उद्घाटन सत्र दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा भएको थियो । नगर प्रमुख थापाले सत्य,तथ्यमा आधारित पत्रकारिता हुनु पर्नेमा जोड्दिनु भयो ।
निर्वतमान अध्यक्ष कमन देवानको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा दमक ८का वडा अध्यक्ष तथा प्रवक्ता धर्म प्रसाद दाहाल(दिपेश),इलाका प्रहरी कार्यालय दमकका प्रमुख किशोर लम्साल, लगायतले मन्तब्य राख्नु भएको थियो ।
