झापा/ लामो दुरीको यात्रामा आफनो छुट्टै पहिचान बनाएको सिम्रीक यातायात ट्राभल्स एण्ड टुर्स प्रालिले आफनु सेवा विस्तार गरेको छ।
यातायात प्रालिका अध्यक्ष रेवती प्रसाद पाण्डे ( कुमार) का अनुसार विगत १ बर्ष देखि काँकरभिट्टा काठमाडौ रात्री बस सेवा प्रदान गर्दै आइरहेकोमा अब भने आफनो सेवालाई विस्तार गर्दै काँकरभिट्टा काठमाडौ सहित गौरिगञ्ज काठमाडौ , धरान काठमाडौ र विराटनगर काठमाडौ समेत बस सेवा सञ्चालन गर्न लागिएको पाण्डेले जानकारी दिनुभयो ।
बसमा अन्तर्राष्ट्रिय स्थरका सुविधा ,एसि फ्यानको व्याबस्था,आरामदायी सोफा सिट,चिया कफिको ब्यावस्था,अनुभवी चालक,यात्रु मैत्री व्याभार,सिसि टिभीबाट निगरानी,सर्भ शुलब भाडादर लगायतको सुविधा रहेको,जिपियसबाट हेर्न मिल्ने ,संचालकसग सिधै सम्पर्क गर्न सकिने लगायतका सुबिधा रहेको प्रालिका प्रवन्ध निर्देशक मनोज अधिकारीले जानकारी दिनुभयो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



