प्रधानमन्त्री ओलीको दाबीः एक वर्षमै १८ वटा आर्थिक सूचक सकारात्मक

Share

झापा, असार २८ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले एक वर्षको अवधिमा अर्थतन्त्रका १८ वटा क्षेत्रहरूमा उल्लेखनीय सुधार ल्याएको दाबी गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौं।”
उहाँका अनुसार ती सूचकहरूमा निर्माण, उद्योग, खानी, यातायात, बैंक तथा बीमा, औद्योगिक उत्पादन, घर–जग्गा, कृषि तथा वन, वैज्ञानिक सेवा, आवास तथा भोजन, स्वास्थ्य सेवा, शिक्षा, व्यापार, सूचना प्रविधि, प्रशासनिक सेवा, विद्युत तथा ग्यास, खानपान तथा सामाजिक सेवा समेटिएका छन्।
यी क्षेत्रहरूमा सकारात्मक संकेतहरू देखिनु नेपालको आर्थिक स्थायित्व र समृद्धिको दिशामा सरकारको प्रयास सफल हुँदै गएको स्पष्ट संकेत भएको उहाँको भनाइ छ। प्रधानमन्त्री ओलीले लगानीमैत्री वातावरण सिर्जना, पूर्वाधार विकास र रोजगारीका अवसरहरू विस्तार गर्दै देशलाई आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्य रहेको पनि उल्लेख गर्नुभयो।

ताजा समाचार