नगर गौरव बन्दै दुधे आयुर्वेद औषधालय, सेवा विस्तारमा चुनौतिसहितको सफल यात्रा

ताजा समाचार स्वास्थ्य हाम्रो झापा

सरोज भट्टराई

शिवसताक्षी । झापामा पछिल्लो समय आयुर्वेद औषधालयमा सेवाग्राहीको संख्यामा उल्लेख्य वृद्धि भएको देखिएको छ । जनस्तरमा वैकल्पिक उपचार विधिको रूपमा स्थापित हुँदै आएको आयुर्वेद चिकित्साप्रतिको जनविश्वास बढ्दै जाँदा औषधालयमा सेवा लिनेहरूको संख्यमा समेत वृद्धि भएको हो ।

झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने विरामीको संख्या विगतका वर्षहरुमा हेर्दा बढ्दो देखिन्छ ।
शिवसताक्षीको दूधेमा आयुर्वेद औषधालय छ । यो पुरानो औषधालय हो । जसमा उपचार गराउनेको विरामीको संख्यामा दिन प्रतिदिन बढ्दो रहेको औषधालयका कविराज निरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए ।

‘अहिले विकसित मुलुकमा हर्बल भनेर आयुर्वेदिक औषधिको प्रयोग बढेको छ’, उनले भने, ‘यहाँ भने पहिलेको तुलनामा पनि बढ्दै छ ।’ आयुर्वेदको महत्व बुझ्दै गएपछि यसमा अझ आकर्षण बढ्दै जानेछ ।

दूधे आयुर्वेदले निशुल्क आयुर्वेद स्वास्थ्य शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन कार्यक्रम समेत सञ्चालन गरेको छ । जसबाट ८८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको छ ।

दूधे आयुर्वेदमा वास्विकरणबाट थेरापी सेवा, ल्याव सेवा हाललाई उपलब्ध छ । नगरको गौरवको रुपमा रहेको १ मात्र आयुर्वेद औषधालयलाई नगर आयुर्वेद अस्पतालको रुपमा स्तर उन्नतिको लागि आवश्यक जग्गा प्राप्ती तथा सुविधा सम्पन्न भवन निर्माण गरि योग ध्यान हल, फिजियोथेरापी, एक्यूपंचर, एक्स रे, भिडियो एक्सरे, एडभान्स ल्याव सेवा जस्ता प्रविधिहरु स्थापना गर्नु पर्ने चुनौति रहेको कविराज निरिक्षक पोख्रेलको भनाई छ ।

पोखरेलका अनुसार औषधालयमा धेरै वर्ष एलोपेथिक औषधी सेवन गरेर निको नभएका विरामी, ग्याष्ट्रिक, हाडजोर्नी, नशा सम्बन्धी, कानको समस्या भएका विरामी, पायल्स, फिस्टुला, मधुमेह जस्ता रोगहरुएका विरामीहरु बढी मात्रामा आउने गरेका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *