उप-निर्वाचनका लागि तोकियो मुख्य निर्वाचन अधिकृत

ताजा समाचार निर्वाचन

झापा-इलाम क्षेत्र-२ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार चैत २२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। त्यसै दिन मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ। चैत २४ मा उम्मेदवारी मनोनयन दर्ता गरिँदैछ। निर्वाचनका लागि आवश्यक सामग्री काठमाडौंबाट चैत २३ सम्ममा आइपुग्ने कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बाँकी सामग्री खरिद प्रक्रिया पनि अघि बढाइएको बताए।

निर्वाचनमा खटिने कर्मचारीको नामावली संकलन भइसकेको छ। यो क्षेत्रमा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र छन्। यी केन्द्रमा आठ सय ९४ कर्मचारी खटाइँदै छन्। चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम छ। चैत २८ देखि वैशाख १२ सम्म प्रचार अवधि तोकिएको छ। वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ। उपनिर्वाचनका लागि आयोगमा २० दल दर्ता भएका छन्।संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ २०७९ सालको निर्वाचनमा इलाम क्षेत्र-२ बाट निर्वाचित थिए। उनको गत भदौ २६ मा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *