दमक /प्रदर्शनरत नेपाली चलचित्र लाज सरणम को टिम अहिले पूर्वी नेपालका विभिन्न हल भ्रमण गर्दै दर्शकसँग प्रत्यक्ष भेटघाटमा व्यस्त छ। यसै क्रममा शुक्रबार चलचित्र टिम दमकको डिमाक्स सिनेमा हलमा पुगेका थिए।
चलचित्र हेर्न आएका दर्शकहरूसँग संवाद गर्दै टिमले फिल्मबारे उनीहरूको प्रतिक्रिया लिएको थियो। हलमा उपस्थित दर्शकहरूले फिल्म मन परेको प्रतिक्रिया दिँदै कलाकारहरूको अभिनयको प्रशंसा गरेका थिए।
हल भ्रमण टोलीमा प्रमुख कलाकार सागर लम्साल ‘बले’, हरि निरौला, बबिन राई, निर्देशक कुमार कट्टेल ‘जिग्री’ लगायत उपस्थित थिए। उनीहरूले दर्शकसँग फोटो खिच्ने, फिल्मबारे छलफल गर्ने र समर्थनका लागि धन्यवाद दिने कार्यक्रम पनि राखेका थिए।
चलचित्र लाज सरणम हाल नेपालभर प्रदर्शनरत छ। हल भ्रमणका क्रममा टिमले अन्य स्थानहरूमा पनि जाने तयारी गरिरहेको बताएको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



