झापा /प्रेस चौतारी नेपाल झापाले स्थापना दिवस मनाएको छ । चौतारीले आज (मंगलबार) धार्मिक तथा पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी–१० स्थित दोमुखामा २७ औं स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । बनभोजसहित आयोजना गरिएको कार्यक्रममा बिभिन्न मनोरन्जान्मक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो भने अश्लिक, मिथ्या तथा भ्रामक बिषयवस्तु प्रचारप्रसार बिरुद्ध झापाली पत्रकार प्रतिवद्ध छौ भन्दै हस्ताक्षर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।
यस्तै चौतारीको भर्खरै सम्पन्न अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्रसमेत बितरण गरिएको थियो । सोही कार्यक्रमका बिच प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार कोषमा आर्थिक सहयोगसमेत जुटेको छ । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले आफ्नो श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा ५१ हजार रकम पत्रकार उपचार कोषमा हस्तान्तरण गर्ने घोषणा गरेकी छिन् । यस्तै पत्रकार उपचार कोषकी संयोजक भिमा शिवाकोटीलगायले समेत रकम प्रदान गरेका थिए ।
चौतारी झापा अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तब्य उपाध्यक्ष राजु पोखरेलले गरेको गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, हल्दीबारी गाउँपालिका अध्यक्ष त्रिलोचन सापकोटा, नेपाल पत्रकार महासंघ, बिभिन्न पत्रकार संगठनका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



