भौतिक आयोजनामा हुने ढिला सुस्ती मान्य नहुने मन्त्री दाहालको चेतावनी

ताजा समाचार राजनीति

दमक/भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हुलाकी राजमार्ग तथा यसमा पर्ने रतुवा र कन्काई खोलामा निर्माणाधिन पुलको निरीक्षण गर्नु भएको छ । अनुगमनका क्रममा सडक विभागका अधिकारीहरुले रतुवा पुल केहि दिनमै सवारी साधन सञ्चालन हुने अवस्थामा पुग्ने र लामो समय देखि अवरुद्ध भएको कन्काई पुल केहि दिन अघि बाट पुनः निर्माण शुरु भएको बताएका थिए । त्यस क्रममा मन्त्री दाहालले कुनै पनि योजना तथा आयोजनामा हुने ढिला सुस्ती मान्य नहुने भन्दै काममा तिव्रता दिन निर्देशन दिनुभयो । अनुगमनका क्रममा कोशी प्रदेश सभा सदस्य होमबहादुर थापा, संविधानसभा सदस्य प्रेमबहादुर गिरी तथा सडक विभागका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *