शिक्षाको विकासमा निरन्तर जनार्दन

Share

दमक /दुई दशक यता नीजि विद्यालय सञ्चालन गरिरहेका जर्नादनकुमार मैनाली कुशल प्रशासक हुन् । झापाको साविक पाँचगाछी गाविसको अस्मिन मेमोरियल स्कूल हुदै अहिले दमकको सनराइज मोडल स्कूलका संस्थापक हुन् ।
नीजि विद्यालयहरुको संगठन प्याब्सनको क्षेत्रीय सदस्य, क्षेत्रीय सहसंयोजक, नगर अध्यक्ष भइसकेका मैनाली झापामा कुशल संगठन मानिन्छन् । नीजि विद्यालयको क्षमता विकास, सुशासन र एकताका लागि १५ वर्ष यता निरन्तर सक्रिय उनी भोली पुस २८ गते हुने प्याब्सन झापाका कोषाध्यक्षका उम्मेद्वार हुन् । सरकारी अस्पष्ट नीतिका कारण नीजि विद्यालयले अनेकौँ समस्या भोगिरहेका छन्,– मैनालीले भने– त्यसका लागि सरकार बिरुद्ध निरन्तर खबरदारी गरिने छ ।
स्थानीय सरकारले पनि नीजि विद्यालयमा राखेका असमान करको समस्या समाधानका लागि क्रियाशिल रहने उनले बताए । मैनालीले संस्थागत विद्यालयका हितका लागि अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । मैले दमकको प्याब्सनको नेतृत्वमा सदैव विद्यालयको हितमै काम गरे, उनले भने, प्याब्सनलाई अझ गतिशिल र क्रियाशिल बनाउन मेरो भूमिका रहने छ । मैनाली विद्यालय स्पोस्र्ट कमिटी, नगर स्तरीय लागू औषध बिरुद्धको अभियान लगायतका संस्थामा नेतृत्वदायी भूमिकामा रहि सकेका छन् ।
जिल्लाका १५ वटै पालिकामा मजबुत देखिएका उनले भने,– सबैको भावना समेट्ने छु, मतदान गरेर बिजय गराइदिनुहुन अनुरोध छ ।

ताजा समाचार