झापा ।स्थानीय तह उपनिर्बाचन अन्र्तगत कनकाई–६ मा १५१३ मत खसेको छ ।
२०५८ मतदातामा १५१३ मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । चम्पापुर माध्यमिक विद्यालयमा रहेको दुई वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको नेपालले बताउनु भयो । निर्बाचन अधिकारी नेपालका अनुसार उक्र वडाको मतगणना आजै सम्पन्न गर्ने तयारी रहेको छ ।
कनकाई नगरपालिका ६ मा एक स्वतन्त्र र ८ राजनीतिक दलसहित ९ जना प्रतिष्पर्धामा उत्रिएका छन् एमालेका तर्फबाट पाँच सय आठ मत प्राप्त गरी वडाध्यक्षमा विजयी दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असारमा निधन भएपछि सो वडामा उपनिर्वाचन भइरहेको छ । झापा जिल्ला हालका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार लिङदेनको गृह जिल्ला भएकोले समेत यी सबै दलले यस निर्वाचनलाई प्रतिष्ठाको विषयका रुपमा हेरिएको छ ।
Share