झापा ।आर्थिक वर्ष २०८१र८२ को पहिलो महिनामा रेमिट्यान्समा अघिल्लो वर्षको तुलनामा निकै सुधार देखिएको छ । साउन महिनामा मात्र रेमिट्यान्स आप्रवाह १८।० प्रतिशतले वृद्धि भई १ अर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार आर्थिक वर्ष २०८१र८२ को पहिलो महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२।८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ८७ करोड ९८ लाख रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९,१५२ र १६,४२३ रहेको थियो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



