झापाम डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

Share

२२ भदौ,झापा ।झापा बिर्तामोडमा डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु भएको छ ।
बिर्तामोड – ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो । शुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको र त्यसपछि बिर्तामोडको झापा नेशनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको आफन्तले जनाएका छन् ।
बिर्तामोडमा उपचार संभव नभएपछि ती बालकलाई उपचारका लागि नोवल हस्पिटल विराटनगर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको न्यूटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाँईले बताए । योसंगै यस वर्ष झापामा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
ताप्लेजुङमा खोलामा खसेर एक बालिका बेपत्ता
२२ भदौ,ताप्लेजुङ ।ताप्लेजुङमा स्थानीय झरनाबाट चिप्लिएर काबेली खोलामा खसेकी ६ बालिका बेपत्ता भएकी छन् । सिरिजङ्घा गाउँपालिका–५ पेदाङका टंक प्रसाद भण्डारीकी ६ वर्षीया छोरी सन्ध्या भण्डारी बेपत्ता भएकी हुन् ।

बालिका साथीहरूसँग टिकटक भनिने झरनामा गएको र नजिकैको काबेली खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले बताए ।

बेपत्ता बालिकाले घरबाट एक्लै हिँडेको खुलेको छ । स्थानीय र प्रहरीले बेपत्ता बालिकाको खोजी जारी राखेका छन् ।

ताजा समाचार