दमकमा गाई हत्याको चौतर्फी निन्दा,दाषीलाई पक्राउ गर्न प्रशासनको ध्यानाकर्षण

Share

दमक ।दमकमा गौहत्या भएको भन्दै घटनाको तथ्य खोजी गर्न प्रहरीलाई चौतर्फी दबाव बढेको छ । झापाको दमक १ स्थित खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ एरियामा मंगलबार राती गौ हत्या भएको पाईएपछि स्थानीय आक्रोसित भएका छन् ।

अज्ञात समुहले स्थानीय लक्ष्मण विष्टको गाई गोठबाट एउटा गाविनो माउ गाई चोरी गरेर करिब २ सय मिटर नजिकै प्लटिङको खाली जमिनमा बन्चरो हानेर गाई मारेको पाइएको थियो । घटनास्थलमा प्रहरी र जनप्रतिनिधि सहित स्थानीयहरु बिहानैदेखी ठूलो सङ्ख्यामा भेला भइ मृत गाईको अन्त्येष्टी गरिएको थियो ।

यसैविच सो घटनालाई सुक्ष्म अध्यायन गरि दोषीउपर कडा कारवाही गर्नुपर्ने माग गदै राष्ट्रिय प्रजातन्त्र पार्टी र ब्रामण समाज जिल्ला समिति झापाले प्रशासनको ध्यानकर्षण गराएको छ । राप्रपाले दमक पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरि घटना निन्दनीय भएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै राप्रपा दमक नगर अध्यक्ष हेम सुवेदीले घटना सामान्य जस्तो देखिएपनि गौमाताको हत्या गर्नु राष्ट्रकै चुनौतिको विषय भएको बताए । उनले भने हामी आन्दोलित भएका छौं, हाम्रो आवाजलाई वेवास्ता गरिएमा विभिन्न चरणमा आन्दोलन गर्न वाध्य हुनेछौं । उनले बताएका छन् ।

यसैगरी ब्राह्मण समाज झापाका अध्यक्ष भुपेन्द्र प्रसाद न्यौपानेले गाइर्, गोरु काटने काम सामाजिक सद्भाव भडकाउने मात्र नभइ कानुनी अपराध भएकोले दोषीलाई कानून बमोजिम कारवाही गर्न माग गरेका छन् । ननन

यसै गरी नेकपा एमाले दमक नगर कमिटीले प्रेस विज्ञप्ति निकालेर गौ हत्याको घटनाको घोर भत्र्सना गरेको छ । एमाले दमक नगर अध्यक्ष राम पौडेल र सचिव गिरेन्द्र चम्लागाईले जारी गरेको विज्ञप्तीमा दोषीलाई कडा कारवार्ही गर्नुु पर्ने माग रहेको छ ।

यसैविच दमक नगरपालिकाले पनि घटनाप्रति खेद ब्यक्त गरेको दमक वडा नं। सातका अध्यक्ष भिम पौडेलले जानकारी दिए । उनले भने यो खेदजनक विषय हो, नगरपालिका यो घटनाप्रति सम्बेदनशिल बनेको छ, नगरले प्रशासनलाई घटनाबारे सत्य तथ्य पत्ता लगाई दोषीलाई कारवाहीको कठघरामा ल्याउन भनिसकेको छ । उनले भने ।

पत्रकार सम्मेलन पश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समिति र ब्राह्रमण समाज नेपाल झापाले गाई काटनेलाई कानुनी दायरामा ल्याउन इलाका प्रहरी कार्यालय दमकलाई ध्यानकर्षण पत्र बुझाएका थिए । राप्रपा र ब्राह्मण समाज जिल्ला समितिको ध्यानाकर्षण पत्र बुझ्दै इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापाले घटनाको विषयमा जानकारी आउना साथ प्रहरी परिचालन गरी घटनाको मुचुल्का गरीएको र हत्याराको खोजी भइरहेको जानकारी गराए । उनले भने हामी अनुसनधानमा छौं, अनुसन्धानका धेरै बोल्न मिल्दैन । गौहत्याको घटनाबारे अनुसन्धान भैइरहेको भन्दै उनले प्रारम्भिक अनुसन्धानमा हत्या गरी खुन र घाँटी, गर्धनको मासु काटेर लगेको अवस्थामा गाई मृतफेला परेको प्रहरीले जानकारी दिए ।

ताजा समाचार