हल्दीवारीका विद्यालयमा प्रहरीको पुस्तक पढाई हुने

Share

झापा ।झापाको हल्दीवारीका विद्यालयहरुमा प्रहरीको पुस्तक अनिवार्य रुपमा पठनपाठन गराइने भएको छ ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाडौले तयार पारेको “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम” पुस्तकलाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य पठनपाठन गराइने भएको हो । जसका लागि आज त्रि–पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के।सी।, हल्दीवारी गाउँपालिकाको तर्फबाट शिक्षा शाखा प्रमुख जनककुमारी राई र हल्दीवारी गाउँपालिकाको सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका तर्फबाट जनजागृति माध्यमिक विद्यालय हल्दीबारी–१ की प्रधानाध्यापक इन्दिरादेवी कँडेल ९चुडाल० ले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारीपत्रको रोहवरमा हल्दीवारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ९महेन्द्र० ले हस्ताक्षर गरेका छन्।

ताजा समाचार