मोरङको सुन्दरहरैँचामा दुई बालिका मृत फेला

Share

१६ भदौ,मोरङ ।मोरङको सुन्दरहरैँचा नगरपालिका ७ स्थित एक केरा बगानभित्र दुई नाबालिका मृत भेटिएका छन् ्।
शनिबार अपरान्ह ४ः३० बजेतिर स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू १ वर्षीया अर्पणा र ३ वर्षीया आयिका कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घटनाका बिषयमा घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा बालिकाहरूको रहस्यमय मृत्यु भएको बताएको छ ।

अर्जुन कार्कीकी पत्नी २९ वर्षीया अस्मिता न्यौपाने भने घटनालगत्तै सम्पर्कविहीन भएको र प्रहरीले उनको खोजी तीव्र बनाएको जनाएको छ। प्रहरीले घटना रहस्यमय भएको र यसमा कुनै आपराधिक क्रियाकलाप भएको हुनसक्ने आशंका गरेको छ।

ताजा समाचार