माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

Share

झापा । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार माओवादी संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी दिएका हुन् ।

नेता आङ्बोले शुक्रबार बसेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन् । माओवादी केन्द्र गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । केन्द्रमा कांग्रेस–एमालेबिच गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको थियो ।
कोशीमा नेकपा ९एमाले० प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ । माओवादी सांसदहरूको समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ ९५० अनुसार गठन भएको उक्त सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

नेपाली कांग्रेस भने प्रदेश सरकारमा सहभागी भएको छैन । यद्यपि सत्तापक्षको कुर्सीमा बस्ने उसले जनाएको छ ।

ताजा समाचार