महारानीझोडा जग्गा दर्ता समितिले काम थाल्यो

Share

झापा/झापाको महारानीझोडाको जग्गा समस्या समाधान समितिले कार्य थालनी गरेको छ । समितिले प्राविधिक कार्य एक साता अघि बाट नै थालेको हो ।
झापको गौरादह ४ र ५ को जग्गा दर्ता समितिले ६ महिनाको कार्यअवधि लिएर कार्य थालेको हो । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले समितिले प्राविधिक कार्य केही दिन अघिबाट नै थालनी गरेको बताए । अब उनका अनुसार दाबी बिरोध, हकदाबी गर्न आउने सम्बन्धी सूचना अब केही दिन भित्र नै समितिले प्रकाशनको तयारी गरेको छ । त्यसपछी दाबी बिरोध परेका बिषय र अन्य बिषयलाई समेटेर विवाद स्थानीय स्तरमै समाधान गरेर कार्य अघि बढाउने समितिको तयारी छ ।
साविकको महारानीझोडा गाविसका बासिन्दाहरु जग्गाधनीपुर्जा भएपनि नक्सा नभएर समस्या भोग्दै आएका थिए । सरकारले गठन आदेश मार्फत बिशेष नापी कार्यालय झापाका प्रमुखको संयोजकत्वमा समिति बनाइ काम थालेको छ । कुल ७ हजार २ सय कित्ताको धनीपुर्जा बितरण गर्ने अख्तियारी सहित समिति गठन भएको छ । नगरपालिकाले जग्गाको सिफारिसका लागि कुनै पनि दस्तुर नलिने यस अघि नै घोषणा गरेको छ ।
नगर प्रमुख सुवेदीले महारानीझोडाको जग्गा समस्या यसै समिति मार्फत समाधान गर्नुपर्ने बताउदै आएका छन् । उनले नगरपालिकाले यदी सिफारिस गर्नुपर्ने भएको खण्डमा कुनै पनि दस्तुर नलिने घोषणा यस अघि नै गरेका छन् ।

ताजा समाचार